ह्ुनत यो जीवन लाई सबैले आ आफ्नै तरिकाले ब्यख्या विश्लेषण गर्छन् । तर मेरो विचारमा जीवन एक नाटक हो र हामी यस नाटकको एक पात्र मात्र हौं अनि उक्त नाटकमा जस्तो रोल आउछ तेस्तै रोल निभाउनु पर्छ यसमा कहिले सुखै सुख र हाँसै हाँसोले रंगीनमय हुन्छ त कहिले आँसु दुखको भुमरीमा पिरोलिनु पर्ने हुन्छ । यसै क्रममा हरेक भुमिका निर्बाह गर्दै तेइसौ बसन्त पार गर्नै शिलशिलामा २०६८ सालको हिन्दुहरुको महान चाड वडादशैको समिपमा आइपुगीएछ । हिजै जस्तो लाग्दैछ ति दिनहरु जहा साथिभाइहरुसँग रमाइ रमाइ मनाएको रोटे पिङ खेलेको आमाले पकाउनुभएको मासु र आफ्नै खेतमा फलेको चामलको भात मिठो मानि मानि खाएको तर अहिले म ति सबैलाई सम्झेर बस्नुशिवाय केही पनि छैन किनकि यसपाली म यी सबै चिजदेखि टाढा छू । हो म यसपालीको दशैमा एकदमै नौले ठाउँ बिलकुलै अपरिचित वातावरण सँग परिचय गर्नै क्रममा छु तर यसमा पनि म खुशीनै छु किनकि यसपालीको दशैंमा मैले नेपालको सुन्दर अनि पर्यटकिय नगरी पोखरा भ्रमण गर्नै मौका पाएको छु र अकौ कुरा मलाइ यो पनि राम्ररी थाहा छ कि सपना र कल्पना्मा हराउनुभन्दा यथार्थतामा सन्तुष्ट हुनु र रमाउनु नै महान्ता हो । त्यसैले त सारा व्यक्ति पुराना साथिसँग अनि बर्षौदेखी नभेटेका परिवारसँग भेटेर खुशी छन् भने म नयाँ साथि नयाँ ठाउँसँग घुलमिल हुदै रमाउने प्रयास गर्दैछु । यसैले पनि बताउछ कि म कतिसम्मको सकारात्मक विचार भएको व्यक्ति हो भनेर । २०८६ सालको वडादशैं
ह्ुनत यो जीवन लाई सबैले आ आफ्नै तरिकाले ब्यख्या विश्लेषण गर्छन् । तर मेरो विचारमा जीवन एक नाटक हो र हामी यस नाटकको एक पात्र मात्र हौं अनि उक्त नाटकमा जस्तो रोल आउछ तेस्तै रोल निभाउनु पर्छ यसमा कहिले सुखै सुख र हाँसै हाँसोले रंगीनमय हुन्छ त कहिले आँसु दुखको भुमरीमा पिरोलिनु पर्ने हुन्छ । यसै क्रममा हरेक भुमिका निर्बाह गर्दै तेइसौ बसन्त पार गर्नै शिलशिलामा २०६८ सालको हिन्दुहरुको महान चाड वडादशैको समिपमा आइपुगीएछ । हिजै जस्तो लाग्दैछ ति दिनहरु जहा साथिभाइहरुसँग रमाइ रमाइ मनाएको रोटे पिङ खेलेको आमाले पकाउनुभएको मासु र आफ्नै खेतमा फलेको चामलको भात मिठो मानि मानि खाएको तर अहिले म ति सबैलाई सम्झेर बस्नुशिवाय केही पनि छैन किनकि यसपाली म यी सबै चिजदेखि टाढा छू । हो म यसपालीको दशैमा एकदमै नौले ठाउँ बिलकुलै अपरिचित वातावरण सँग परिचय गर्नै क्रममा छु तर यसमा पनि म खुशीनै छु किनकि यसपालीको दशैंमा मैले नेपालको सुन्दर अनि पर्यटकिय नगरी पोखरा भ्रमण गर्नै मौका पाएको छु र अकौ कुरा मलाइ यो पनि राम्ररी थाहा छ कि सपना र कल्पना्मा हराउनुभन्दा यथार्थतामा सन्तुष्ट हुनु र रमाउनु नै महान्ता हो । त्यसैले त सारा व्यक्ति पुराना साथिसँग अनि बर्षौदेखी नभेटेका परिवारसँग भेटेर खुशी छन् भने म नयाँ साथि नयाँ ठाउँसँग घुलमिल हुदै रमाउने प्रयास गर्दैछु । यसैले पनि बताउछ कि म कतिसम्मको सकारात्मक विचार भएको व्यक्ति हो भनेर । मेरो पोखरा भ्रमण
कुरा २०६८ साल असोज १० गतेको हो । म नेपालको सुन्दर नगरी पोखरा घुम्ने महान अविलाशा लिएर म काठमाण्डौको आफ्नो डेराबाट बिहानको ४ बजेनै निस्किएँ र तर दुर्भाग्य बिहान आउने सबै गाडिको टिकट सकिएको रहेछ । त्यसैले मैले पनि दिउसो ११ बजेको टिकट काटेँ र फेरी कोठा फर्किएँ र फेरी खाना खाएर ११ बजे आइपुगेँ तर बस १२ बजे मात्रै चालु भयो र पुर्बेली ठिटो पहीलो पल्ट पश्चिमको विभिन्न रमणीय ठाउँको दृश्यावलोकन गर्दै बल्ल बेलुकाको साँढे ६ मा पोखरा आइपुगियो । पोखरा प्रवेश गर्नेबेलादेखीनै मुसल्धारे पानी आकाशबाट बर्सिन थाल्यो यसले सायद मेरो स्वागत गरेको होला भनेर मनमनै सोँचे अनि मैले पढेको थिएँ नेपालको सबैभन्दा बढि पानी पर्ने ठाउँ कास्कीको पोखरा रे भनेर अनि त्यो वातावरणले सत्यता रहेछ भनेर मनमनै सोँचे । अनि त्यो म चढेको गाडीको साथ पृथ्वी चोकसम्म मात्र रहयो त्यसपछी म पुग्नु पर्ने थियो चिप्लेढुंगा र मैले गाडी चालकलाई सोधेँ र गाडी चढेर मेरो प्रिय मित्र अनुज कुलुङको पासमा पुगेँ
त्यसपछी म अनुज सरको अफिसमा पुग्दा निकै रात परिसकेको थियो । अनि त्यही अनुज सरको रिसेप्सनिस्त सँग चिनजान भयो यो मेरो पोखराको पहिलो चिनजान थियो र हामी त्यहाँबाट निस्किएर कोठातिर लाग्यौँ । त्यसपछी भोलिपल्टदेखिे पोखराका विभिन्न व्यक्तित्वहरुसँग भेट्ने र चिनजान गर्नै क्रम सुरु भयो र ती व्यक्तिहरु नेपाली सांगितिक आकाशका जल्दा बल्दा युवादखि लिएर पुराना हस्तीहरु थिए त्यति मात्र कहाँ होर बरिष्ठ पत्रकार, साहित्यकार लगाएत विभिन्न पेशासँग आबद्ध व्यक्तिहरु थिए ।
यसै क्रममा दोस्रो दिन सँगीतिक माहोलमा आफ्नो छुट्टै पहिचान बनाउन सफल श्री श्रीमान राईद्धरा सञ्चालित सँगीतिक मन्दिर “सयपत्री सँगीतिक साँझ” मा दशैंको शुकामना आदान प्रदान कार्यक्रम मा धेरैजनाको शुभकामना ग्रहण गर्ने मौका पाएँ र मैले पनि त्यही साँगीतिक माहोलमा बिना मिठासको २ शब्दले सबैलाई शुभकामना व्यक्त गरें । तेस्रो दिन खासै घुम्न जाने प्लान भएन किनकि अनुज सरको व्यस्तता तेस्तै थियो आफ्नै अफिस चलाएर बसेको मान्छे फुर्सद होस पनि त कसरी तर पोखराको विभिन्न चर्चित ठाउँहरु (फेवाताल, डेबिड फल्स, सारङकोट, महेन्द्रगुफा) लगाएत थुप्रै ठाउँहरु घुम्ने मेरो धोको त छदै थियो । यसै क्रममा चौथो दिन यानिकी असोज १३ गते अनुज सरको अफिसमा टिमलाई चेक वितरण तथा सम्मान कार्यक्रम थियो र त्यहाँ फेरी पनि शुभकामना सँगै परम्परागत व्यापारबाट पिल्सीरहेको र धनि र गरिब बिचको दुरी लम्बिरहेको अहिलेको परिवेशमा नयाँ व्यापार प्रणली र यसको महत्वबारे केही कुरा राखेँ । त्यही दिनको एउटा चिनजानीले अब पोखरा घुम्न अनुज सरको आवश्यकता नपर्नै भयो यानिकि एकजना मित्रले पोखरा घुमाईदिने बाचा गर्नुभयो त्यो पनि केटी साथि र मलाइ पनि ढुङ्गा खोज्दा देउता मिलीगो र भोलीपल्ट फेवाताल घुमाउने कुरा भयो ।
भोलीपल्ट म बिहानै खाना खाएर निस्किएँ तर त्यो साथि खाना नखाइ बिहानै घरबाट निस्किनुभाको रहेछ बिहान अर्कै कामले, अनि खाजा खाने अनुरोध मैले गरेँ तर मान्नुभएन किन हो कुन्नि ? सायद अप्थ्यारो लाग्यो होला नयाँ मान्छेसँग भन्ने महसुस आफैँ गरेँ । र हामी गाडी चडेर फेतालतिर मोडियौँ अब त झन मेरो फेवाताल हेर्ने कौतुहल्ता मनभित्र बादल मडाडेसरी मनमा मडाडिन थाल्यो र म अझ धेरै हर्षित मुद्रामा थिए र लगभग २० मिनेटको गाडीको सवार पश्चात हामी फेवातालमा पुग्यौं आहाहा....... कति रमाइलो कति सुन्दर अनि कति आनन्दित पार्नै भोगोलिक बनावट अनि वातावरण, मलाइ कता कता स्वर्ग भनेको यही पो होकि जस्तो भान भयो अनि बिदेशीहरु किन यतिसारो नेपाल आउँछन् भन्ने कुरो बल्ल छर्लङ्ग भयो । ति हरियो पहाडको बिचमा अति शान्त रुपमा पल्टिरहेको निलो ताल र त्यस तालको बिचमा रहेको तालबाराही मन्दिरले कसलाईपो आनन्दित नपार्ला त्यसैले मैले पनि बाहिरी संसारलाइ भुल्न पुगेँ अनि साथसाथै डुङ्गामा चडेर त्यो तालमा तैरिदाको आनन्दको अनुभुती झन अविश्मरणीय क्षण बनेको छ मेरो त्यसैले मलाइ घुमाउने ति प्रिय मित्रलाई पनि मुरी मुरी धन्यबाद र म यो क्षणलाई कहिल्यै भुल्ने छैन ।
साँचिकै विश्वको कुल भुभागको ०.००३ प्रतिशत भुभाग मात्र ओगटेको नेपाल आज विश्वमा सानो, अल्प भए पनि आँखोको रुपमा स्थापित छ । यहाँका भौगोलिक, प्राकृतिक, सामाजिक, साँस्कृतिक चिजहरुले नेपाललाई यति सून्दर बनाएको छ कि एउटी बिबाह मण्डबमा सजिएकि बेहुली भन्दा कम छैन । यी फेवाताल जस्ता ताल त नेपालमा अनगिन्ति छ म यसलाई देखेर अचम्म पर्नुपर्ने चाही किन नि भनेर आफैले आफैलाइ भनेँ । विश्वको उतकृष्ट दश मा पर्ने हिमालहरु मध्य आठ ओटा लगाएत कैयौँ चाँदीझैँ टल्कने हिमालका मालिक अनि ६००० नदीका मालिक अनि विश्वको जहीतही नपाइने बहुमुल्य जडिबुटीका मालिक हामी नेपालीहरु ति ४० , ४५ डिग्रीको तातो घाममा ति झारपात नउम्रीने बिदेशी भूमीमा ज्यानको बाजी राखेर किन जानु परेकोहोला भनेर मनमनै रोएँ अनि नेपालको डाडु पनिउ लिएका हरुलाई सराप्ने सिबाय गर्न सकिने केही पनि थिएन ।
पर्दाफास
जबदेखि आकाश (परिवर्तीत नाम) फिल्म क्षेत्रमा आए उसैबेलादेखि उनी मेरो मनपर्ने नायक भएका थिए । उनको हिम्यान जस्तो व्यक्तित्वले मेरो सारा अस्तित्व हलचल पैदा गथ्र्यो । उनको आगमनदेखिनै हेर्न थालेकी थिए नेपाली सिनेमा ।उनको प्रभाव मलाई यसरी परेको थियो कि काठमाण्डौ आउने बितिकै मैले उनलाई भेट्न खोजेकि पनी थिएँ तर विविध कारणले सफल हुन सकिनँ केहि धनाढ्यहरुको संगतबाट मैले निकै धन जम्मा गरेँ मेरो आकाशलाई भेट्ने इच्छा झन तिब्र हुदैगयो । म साधारण केटी बनेर उनलाई भेट्न चाहन्नथेँ । हुन त म कसैलाई पनि साधारण रुपमा भेट्दिनथेँ किनकि सामान्य रुपमा प्रस्तुत हँुदा आफ्नो मुल्यांकन ठीकठाक हुदैन भन्ने मेरो मान्यता यथावत नै थियो । मेले आकाशलाई भेट्ने विचारले फोन गरेँ । तिन चार पटकको प्रयासपछि उनिसँग मेरो भेट हुने भयो ...........
त्यसदिन खिचेको रोल मैले ठमेलको एक ल्यापमा लगेर प्रिन्ट गराएँ । फोटोहरु खुब सुन्दर आएका थिए । वास्तवमै यी फोटोहरुले हामीबिचको माया प्रेम अरु गाढा भयो । मलाई के लाग्छ भने उनि मलाई मैलेभन्दा बढी माया गर्थे । तर हाम्रो यो प्रेम तासको घरझैँ एकैछिनमा भताभुंग भयो । यो मेरै लापपरवाहीले भएको थियो तर आकाशले मलाई त्यसको दोषी ठहर्याएर प्रेम सम्बन्ध तोडिदिए । मैले जुन ल्यावमा फोटो धुलाउन दिएकी थिए त्यही काम गर्नेले आकाशको नांगो फोटो मध्ये एउटा बढी धुलाएर आफुसगै राखेछ र उसलाई ब्ल्याकमेल गर्न सुरु गरेछ ।
साथिहरु यो मैले एउटा “पर्दाफास” भन्ने सलिना थापाद्घरा लिखित उपन्यासबाट त्यसको केही अंश साभार गरेको हुँ । यो किताब खोजी खोजी पढ्नुहोला ।
Direct Selling
The direct selling business is one of the latest and most popular business system in the world. This business is known as MLM, Direct selling, Network Business, Team Work and Group Sale Business. In average 30 % of business is doing by this business in the world now. This system was started from USA and the company was Mway. Now this company is running in more than 192 country. Many country changed it's business system and raised economic condition by this business. In this system the customer gets the any product directly from company. Here is no any channel such as retailer, Wholesaler,Dealer, Distributor, Stuck and Super stuck as well as no advertise. so the commission that getting middle channel is shared to the customer who use the product or service and tell other or advertise with individually. so this is great opportunity for the people who can't invest the handsome of money for business.But in Nepal this concept starting just. and most of the Nepalese people are unknown about this system the getting negetivelly because of weakness of government. but now we all neplali youth must advocate about it and we have to change out traditional business system and we have to share all opportunity equally either those from wealthy family nor poor family.
So make out mind more wide and lets start new Nepal by new business system.
Get The Best Drupal Software Design Services For Drupal Customization
इन्जिनियर कसरी बन्ने ?
विशेष गरी सहरमा बनेका भव्य महल, पुल, सडकहरू, हामीले चढ्ने गरेको मोटर गाडीहरू, साइकल, बिजुली, बिजुलीका सामग्रीहरू, कम्प्युटर, टेलिफोन, मोबाइल, इन्टरनेटजस्ता सबै सामग्रीहरूको आविष्कार तथा निर्माण, पुनर्निर्माण, सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति नै इन्जिनियर हुन् ।
विकसितमात्र होइन विकासोन्मुख मुलुकका लागि इन्जिनियरहरूको महत्त्व दिनानु दिन बढ्दो छ । एसएलसीमा कम्तीमा दोस्रो श्रेणी हासिलले विज्ञान विषय पढ्न पाउने भएपछि इन्जिनियर बन्ने सपना जो कोही विद्यार्थीका निम्ति अहिले सहज बनेको छ । सरकारले १२ कक्षासम्म विज्ञान विषय पढाउन उच्च माविहरूको व्यवस्था गरिदिएको
छ । कक्षा ११ मा फिजिक्स, केमेस्ट्री, बायोलोजी, अंग्रेजी र गणित पढ्नुपर्छ । त्यसैगरी १२ मा यी सबै विषयहरूमा बायोलोजी या गणित दुईमध्ये एउटा छाडेर नेपाली विषय पढ्नुपर्छ । आईएस्सी पढेकाले भने भर्ना हुने बेलामै बायोलोजी या गणित छान्नुपर्दछ । बीई -ब्याचलर इन इन्जिनियरिङ) पढ्न १२ कक्षा होस् या आईएस्सी कम्तीमा ५० प्रतिशत अंक हासिल गरेकै हुनुपर्छ । यसो त एसएलसीपछि ओभरसियर पढ्न पनि सकिन्छ । ओभरसियरमात्र लक्ष्य राख्नेका निम्ति तीनवर्षे कोर्सको पढ्न सकिन्छ । ओभरसियर पढेकाले पनि बीई पढ्न पाउँछ ।
यति गरिसकेपछि स्नातक बीई पढ्ने बाटो खुल्छ । बीई पढ्नका निम्ति विश्वविद्यालयले लिने प्रवेश परीक्षामा प्रतिस्पर्धा गरेर नाम निकाल्न सक्नुपर्ने काठमाडौं विश्वविद्यालयको हालै सम्पन्न १६ औं दीक्षान्तबाट दीक्षित भावुक कोइराला बताउँछन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत लिइने प्रवेश परीक्षामा उच्च अंक हासिल गर्नेले छात्रवृत्तिसमेत पाउँछ ।
बीई आर्किटेक्ट इन्जियनियरिङ पाँचवर्षे कोर्स पढ्नुपर्छ भने अन्य चारवर्षे कोर्स । चारवर्षे कोर्सअन्तर्गत मेकानिकल, इलेक्ट्रोनिक्स, इलेक्टि्रकल, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ पढ्न सकिन्छ ।
कुन विषय कस्तो ?
मेकानिकल इन्जिनियरिङ पढ्ने हो भने मेसिनसम्बन्धी अध्ययन गर्नुपर्ने हुन्छ । मेसिनरी काम यो विषयको अन्तिम उद्देश्य रहन्छ । इलेक्टि्रकल/इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढ्नेले बिजुलीसम्बन्धी अध्ययन गर्नुपर्ने हुन्छ । यसका दुई हाँगा छन्- पावर -भोल्टेज) र कम्युनिकेसन । पावर पढ्नेले विद्युत्सम्बन्धी काम जस्तै- ग्रामीण विद्युतीकरण, हाइड्रोपावर, माइक्रो हाइड्रोपावरको सूक्ष्म ज्ञान
राख्छ । इलोक्ट्रोनिक्स या इलेक्टि्रकल कम्युनिकेसनले एयरपोर्टको कन्ट्रोल टावर र हवाईजहाजबीचको कुराकानीसम्बन्धी अध्ययन गर्छ । मोबाइल वा टेलिफोन तथा सञ्चारका सम्पूर्ण पक्षको अध्ययन गर्ने व्यक्ति नै इलेक्ट्रोनिक्स इन्जियर हो ।
हामीले तर्दै आएका पुलपुलेसा र बस्दै आएका अग्ला भवनहरू बनाउने काम सिभिल इन्जियरको हो । यी सबैखाले निर्माण कार्यको नक्सा बनाउनेदेखि निर्माणमा लाग्ने लागत खर्चसमेत यकिन गर्न सक्ने दक्ष व्यक्तिलाई सिभिल इन्जिनियर भन्छौं । घर, पुल, राजमार्ग, रेलमार्ग, हवाई मैदान सबै निर्माण कार्य यसमा पर्दछ ।
मोटर गाडीको इन्जिन, टर्वाइन, विद्युत् उत्पादन मेसिनको निर्माण र लेखाजोखा गर्ने व्यक्तिलाई मेकानिकल इन्जिनियर भन्दछौं । जुनसुकै विकास, निर्माण गर्दा वातावरणलाई न्यून असर पुग्ने पक्षमा अध्ययन गर्ने व्यक्तिलाई वातावरण इन्जिनियर भनिन्छ । जग्गाको नक्साङ्कन तथा नापीसम्बन्धी काम जिओमेटिक्स इन्जिनियरले गर्दछ । कम्प्युटरसम्बन्धी सम्पूर्ण अध्ययन गर्ने व्यक्ति कम्प्युटर इन्जिनियर हो । बीई पूरा गर्न ३ लाखदेखि ५ लाख रुपैयाँसम्म खर्च लाग्छ । त्रिविमा विद्यार्थीले हासिल गरेको अंक मेरिटअनुसार छात्रवृत्ति दिन भएकाले खर्च कम पनि हुन सक्छ ।
बीईपछिको विकल्प ?
चार/पाँचवर्षे बीई अध्ययनपछि दुई वटा बाटो खुला हुन्छ । थप उच्च अध्ययन र जागिर । बीई उत्तीर्णले आफ्नो शैक्षिक प्रमाणपत्रलाई नेपाल इन्जिनियरिङ परिषद्बाट प्रमाणित गर्नुपर्छ । परिषद् इन्जिनियरहरूको प्रमाणपत्र प्रमाणित गर्ने एकमात्र सरकारी निकाय हो । स्नातकोत्तर इन्जिनियरिङ पढ्नका निम्ति स्वदेशमै व्यवस्था छ । नत्र विदेश अध्ययन गर्न जान पनि सकिन्छ । त्रिविअन्तर्गत सिभिल, मेकानिकल, आर्किटेक्ट पढ्ने व्यवस्था छ ।







