ह्ुनत यो जीवन लाई सबैले आ आफ्नै तरिकाले ब्यख्या विश्लेषण गर्छन् । तर मेरो विचारमा जीवन एक नाटक हो र हामी यस नाटकको एक पात्र मात्र हौं अनि उक्त नाटकमा जस्तो रोल आउछ तेस्तै रोल निभाउनु पर्छ यसमा कहिले सुखै सुख र हाँसै हाँसोले रंगीनमय हुन्छ त कहिले आँसु दुखको भुमरीमा पिरोलिनु पर्ने हुन्छ । यसै क्रममा हरेक भुमिका निर्बाह गर्दै तेइसौ बसन्त पार गर्नै शिलशिलामा २०६८ सालको हिन्दुहरुको महान चाड वडादशैको समिपमा आइपुगीएछ । हिजै जस्तो लाग्दैछ ति दिनहरु जहा साथिभाइहरुसँग रमाइ रमाइ मनाएको रोटे पिङ खेलेको आमाले पकाउनुभएको मासु र आफ्नै खेतमा फलेको चामलको भात मिठो मानि मानि खाएको तर अहिले म ति सबैलाई सम्झेर बस्नुशिवाय केही पनि छैन किनकि यसपाली म यी सबै चिजदेखि टाढा छू । हो म यसपालीको दशैमा एकदमै नौले ठाउँ बिलकुलै अपरिचित वातावरण सँग परिचय गर्नै क्रममा छु तर यसमा पनि म खुशीनै छु किनकि यसपालीको दशैंमा मैले नेपालको सुन्दर अनि पर्यटकिय नगरी पोखरा भ्रमण गर्नै मौका पाएको छु र अकौ कुरा मलाइ यो पनि राम्ररी थाहा छ कि सपना र कल्पना्मा हराउनुभन्दा यथार्थतामा सन्तुष्ट हुनु र रमाउनु नै महान्ता हो । त्यसैले त सारा व्यक्ति पुराना साथिसँग अनि बर्षौदेखी नभेटेका परिवारसँग भेटेर खुशी छन् भने म नयाँ साथि नयाँ ठाउँसँग घुलमिल हुदै रमाउने प्रयास गर्दैछु । यसैले पनि बताउछ कि म कतिसम्मको सकारात्मक विचार भएको व्यक्ति हो भनेर ।
मित्रहरु यो नसोंचनुहोला कि म आफै फुर्किदैछु यो यथार्थ हो । किनकी विभिन्न रङको बेलुन आकाशमा उड्नको लागि त्यस भित्रको हाइड्रोजन ग्याँसले महत्वपुर्ण भुमिका खेलिरहेको हुन्छ त्यस्तै सकारात्मक सोंचाई तपाइरुपी बेलुनमा भएको हाइड्रोजन ग्याँस हो यसैले हामीलाई आफ्नो लक्ष्यमा पुग्नको लागी उडाइरहेको हुन्छ त्यसैले यदि तपाइमा नकारात्मक विचार छ भने त्यो तपाइको जीवनको सबैभन्द ठुलो झुण्ड हो यसले न तपाइलाई लक्ष्यमा पुर्याउछ न त तपाइका साथिहरुलाईनै सहयोग गर्नै भावना पैदा गर्छ । सधैं सकारात्मक बन्ने प्रयास गर्नुस तपाइको जीत सुनिस्चित छ ।
0 comments:
Post a Comment