२०८६ सालको वडादशैं
मेरो पोखरा भ्रमण
कुरा २०६८ साल असोज १० गतेको हो । म नेपालको सुन्दर नगरी पोखरा घुम्ने महान अविलाशा लिएर म काठमाण्डौको आफ्नो डेराबाट बिहानको ४ बजेनै निस्किएँ र तर दुर्भाग्य बिहान आउने सबै गाडिको टिकट सकिएको रहेछ । त्यसैले मैले पनि दिउसो ११ बजेको टिकट काटेँ र फेरी कोठा फर्किएँ र फेरी खाना खाएर ११ बजे आइपुगेँ तर बस १२ बजे मात्रै चालु भयो र पुर्बेली ठिटो पहीलो पल्ट पश्चिमको विभिन्न रमणीय ठाउँको दृश्यावलोकन गर्दै बल्ल बेलुकाको साँढे ६ मा पोखरा आइपुगियो । पोखरा प्रवेश गर्नेबेलादेखीनै मुसल्धारे पानी आकाशबाट बर्सिन थाल्यो यसले सायद मेरो स्वागत गरेको होला भनेर मनमनै सोँचे अनि मैले पढेको थिएँ नेपालको सबैभन्दा बढि पानी पर्ने ठाउँ कास्कीको पोखरा रे भनेर अनि त्यो वातावरणले सत्यता रहेछ भनेर मनमनै सोँचे । अनि त्यो म चढेको गाडीको साथ पृथ्वी चोकसम्म मात्र रहयो त्यसपछी म पुग्नु पर्ने थियो चिप्लेढुंगा र मैले गाडी चालकलाई सोधेँ र गाडी चढेर मेरो प्रिय मित्र अनुज कुलुङको पासमा पुगेँ
त्यसपछी म अनुज सरको अफिसमा पुग्दा निकै रात परिसकेको थियो । अनि त्यही अनुज सरको रिसेप्सनिस्त सँग चिनजान भयो यो मेरो पोखराको पहिलो चिनजान थियो र हामी त्यहाँबाट निस्किएर कोठातिर लाग्यौँ । त्यसपछी भोलिपल्टदेखिे पोखराका विभिन्न व्यक्तित्वहरुसँग भेट्ने र चिनजान गर्नै क्रम सुरु भयो र ती व्यक्तिहरु नेपाली सांगितिक आकाशका जल्दा बल्दा युवादखि लिएर पुराना हस्तीहरु थिए त्यति मात्र कहाँ होर बरिष्ठ पत्रकार, साहित्यकार लगाएत विभिन्न पेशासँग आबद्ध व्यक्तिहरु थिए ।
यसै क्रममा दोस्रो दिन सँगीतिक माहोलमा आफ्नो छुट्टै पहिचान बनाउन सफल श्री श्रीमान राईद्धरा सञ्चालित सँगीतिक मन्दिर “सयपत्री सँगीतिक साँझ” मा दशैंको शुकामना आदान प्रदान कार्यक्रम मा धेरैजनाको शुभकामना ग्रहण गर्ने मौका पाएँ र मैले पनि त्यही साँगीतिक माहोलमा बिना मिठासको २ शब्दले सबैलाई शुभकामना व्यक्त गरें । तेस्रो दिन खासै घुम्न जाने प्लान भएन किनकि अनुज सरको व्यस्तता तेस्तै थियो आफ्नै अफिस चलाएर बसेको मान्छे फुर्सद होस पनि त कसरी तर पोखराको विभिन्न चर्चित ठाउँहरु (फेवाताल, डेबिड फल्स, सारङकोट, महेन्द्रगुफा) लगाएत थुप्रै ठाउँहरु घुम्ने मेरो धोको त छदै थियो । यसै क्रममा चौथो दिन यानिकी असोज १३ गते अनुज सरको अफिसमा टिमलाई चेक वितरण तथा सम्मान कार्यक्रम थियो र त्यहाँ फेरी पनि शुभकामना सँगै परम्परागत व्यापारबाट पिल्सीरहेको र धनि र गरिब बिचको दुरी लम्बिरहेको अहिलेको परिवेशमा नयाँ व्यापार प्रणली र यसको महत्वबारे केही कुरा राखेँ । त्यही दिनको एउटा चिनजानीले अब पोखरा घुम्न अनुज सरको आवश्यकता नपर्नै भयो यानिकि एकजना मित्रले पोखरा घुमाईदिने बाचा गर्नुभयो त्यो पनि केटी साथि र मलाइ पनि ढुङ्गा खोज्दा देउता मिलीगो र भोलीपल्ट फेवाताल घुमाउने कुरा भयो ।
भोलीपल्ट म बिहानै खाना खाएर निस्किएँ तर त्यो साथि खाना नखाइ बिहानै घरबाट निस्किनुभाको रहेछ बिहान अर्कै कामले, अनि खाजा खाने अनुरोध मैले गरेँ तर मान्नुभएन किन हो कुन्नि ? सायद अप्थ्यारो लाग्यो होला नयाँ मान्छेसँग भन्ने महसुस आफैँ गरेँ । र हामी गाडी चडेर फेतालतिर मोडियौँ अब त झन मेरो फेवाताल हेर्ने कौतुहल्ता मनभित्र बादल मडाडेसरी मनमा मडाडिन थाल्यो र म अझ धेरै हर्षित मुद्रामा थिए र लगभग २० मिनेटको गाडीको सवार पश्चात हामी फेवातालमा पुग्यौं आहाहा....... कति रमाइलो कति सुन्दर अनि कति आनन्दित पार्नै भोगोलिक बनावट अनि वातावरण, मलाइ कता कता स्वर्ग भनेको यही पो होकि जस्तो भान भयो अनि बिदेशीहरु किन यतिसारो नेपाल आउँछन् भन्ने कुरो बल्ल छर्लङ्ग भयो । ति हरियो पहाडको बिचमा अति शान्त रुपमा पल्टिरहेको निलो ताल र त्यस तालको बिचमा रहेको तालबाराही मन्दिरले कसलाईपो आनन्दित नपार्ला त्यसैले मैले पनि बाहिरी संसारलाइ भुल्न पुगेँ अनि साथसाथै डुङ्गामा चडेर त्यो तालमा तैरिदाको आनन्दको अनुभुती झन अविश्मरणीय क्षण बनेको छ मेरो त्यसैले मलाइ घुमाउने ति प्रिय मित्रलाई पनि मुरी मुरी धन्यबाद र म यो क्षणलाई कहिल्यै भुल्ने छैन ।
साँचिकै विश्वको कुल भुभागको ०.००३ प्रतिशत भुभाग मात्र ओगटेको नेपाल आज विश्वमा सानो, अल्प भए पनि आँखोको रुपमा स्थापित छ । यहाँका भौगोलिक, प्राकृतिक, सामाजिक, साँस्कृतिक चिजहरुले नेपाललाई यति सून्दर बनाएको छ कि एउटी बिबाह मण्डबमा सजिएकि बेहुली भन्दा कम छैन । यी फेवाताल जस्ता ताल त नेपालमा अनगिन्ति छ म यसलाई देखेर अचम्म पर्नुपर्ने चाही किन नि भनेर आफैले आफैलाइ भनेँ । विश्वको उतकृष्ट दश मा पर्ने हिमालहरु मध्य आठ ओटा लगाएत कैयौँ चाँदीझैँ टल्कने हिमालका मालिक अनि ६००० नदीका मालिक अनि विश्वको जहीतही नपाइने बहुमुल्य जडिबुटीका मालिक हामी नेपालीहरु ति ४० , ४५ डिग्रीको तातो घाममा ति झारपात नउम्रीने बिदेशी भूमीमा ज्यानको बाजी राखेर किन जानु परेकोहोला भनेर मनमनै रोएँ अनि नेपालको डाडु पनिउ लिएका हरुलाई सराप्ने सिबाय गर्न सकिने केही पनि थिएन ।
पर्दाफास
उनको प्रभाव मलाई यसरी परेको थियो कि काठमाण्डौ आउने बितिकै मैले उनलाई भेट्न खोजेकि पनी थिएँ तर विविध कारणले सफल हुन सकिनँ केहि धनाढ्यहरुको संगतबाट मैले निकै धन जम्मा गरेँ मेरो आकाशलाई भेट्ने इच्छा झन तिब्र हुदैगयो । म साधारण केटी बनेर उनलाई भेट्न चाहन्नथेँ । हुन त म कसैलाई पनि साधारण रुपमा भेट्दिनथेँ किनकि सामान्य रुपमा प्रस्तुत हँुदा आफ्नो मुल्यांकन ठीकठाक हुदैन भन्ने मेरो मान्यता यथावत नै थियो । मेले आकाशलाई भेट्ने विचारले फोन गरेँ । तिन चार पटकको प्रयासपछि उनिसँग मेरो भेट हुने भयो ...........
त्यसदिन खिचेको रोल मैले ठमेलको एक ल्यापमा लगेर प्रिन्ट गराएँ । फोटोहरु खुब सुन्दर आएका थिए । वास्तवमै यी फोटोहरुले हामीबिचको माया प्रेम अरु गाढा भयो । मलाई के लाग्छ भने उनि मलाई मैलेभन्दा बढी माया गर्थे । तर हाम्रो यो प्रेम तासको घरझैँ एकैछिनमा भताभुंग भयो । यो मेरै लापपरवाहीले भएको थियो तर आकाशले मलाई त्यसको दोषी ठहर्याएर प्रेम सम्बन्ध तोडिदिए । मैले जुन ल्यावमा फोटो धुलाउन दिएकी थिए त्यही काम गर्नेले आकाशको नांगो फोटो मध्ये एउटा बढी धुलाएर आफुसगै राखेछ र उसलाई ब्ल्याकमेल गर्न सुरु गरेछ ।
साथिहरु यो मैले एउटा “पर्दाफास” भन्ने सलिना थापाद्घरा लिखित उपन्यासबाट त्यसको केही अंश साभार गरेको हुँ । यो किताब खोजी खोजी पढ्नुहोला ।